बजार पूँजीकरण ३७ खर्ब नाघ्यो, लगानीकर्ताको सम्पत्ति ६७ अर्बभन्दा बढीले वृद्धि

काठमाडौं, २८ चैत । शेयर बजारमा लगानीकर्ताको सम्पत्ति बढ्ने क्रम जारी छ ।

यो साता शेयर बजारमा रू. ३७ अर्ब ६० करोड ५० लाख ३ हजार बराबरको शेयर कारोबार हुँदा धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण रकम रू. ३७ खर्ब २ अर्ब ८१ करोड ८० लाख ९५ हजार पुगेको हो ।

गत साताको भन्दा यो साता कारोबार रकम रू. १३ अर्ब ५९ करोड ११ लाख ७५ हजारले बढी भएको हो । गत साताको चार कारोबार दिनमा रू. अर्ब १ करोड ३८ लाख २८ हजार बराबरको शेयर कारोबार भएको थियो ।

गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण रकम रू. ३६ खर्ब ३५ अर्ब ४८ करोड ५० लाख ८७ हजार रहेको थियो । कुल बजार पूँजीकरण यो साता रू. ६७ अर्ब ३३ करोड ३० लाख ८ हजार बढी कायम भएको हो ।

कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य यो साता बढेको छ । कम्पनीको अन्तिम शेयरमूल्य चैत २६ गते रू. १ हजार ३५१ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य रू। १ हजार २८० रहेको थियो ।

साताको कारोबारमा नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७१ ले बढेको हो । धितोपत्र दोस्रो बजारमा १५ करोड कित्ता शेयर सूचीकृत रहेको कम्पनीको यो साता कुल बजार पूँजीकरण रू. २ खर्ब २ अर्ब ६५ करोड पुगेको छ । गत साता यो रकम रू. १ खर्ब ९२ अर्ब रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here