एल क्लासिको आज, कसले मार्ला बाजी ?

काठमाडौं, २८ चैत । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज (शनिबार) हुँदैछ ।

सिजनको पहिलो एल क्लासिको भिडन्त रियल मड्रिडको घरेलु मैदानमा रातको १२ः४५ बजेबाट सुरु हुँदैछ ।

दुबै टिम एल क्लासिको आफ्नो बनाउने लक्ष्यमा हुने छन् । आजको खेल जित्दै दुवै टोली उपाधी दाबेदारमा बलियो बन्न चाहन्छन् ।

सिजनमा अहिलेसम्म दुवै टोलीले समान २९/२९ खेल खेलिसकेका छन् । ६५ अंकसहित बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा छ भने ६३ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here