काठमाडौं, २८ चैत । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३३७ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७९ हजार ७२५ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रिय संक्रमितको संख्या २ हजार ८ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३९ पुगेको छ ।