बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

काठमाडौं, २९ चैत । स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिडका लागि करिम बेन्जामा र टोनी क्रुजले एक एक गोल गरेका थिए ।

बेन्जामाले खेलको १३औ मिनेटमा गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए हने क्रुजले खेलको २८औ मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि खेलको ६०औं मिनेटमा ओस्कार मिंगुएजाले एक गोल फर्काएका थिए ।

त्यस्तै यस खेलमा दोहोरो पहेलो कार्ड पाएर रियल म्याड्रिडका कासमिरोले खेलको ९०औ मिनेटमा मैदान छोडेका थिए ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई पनि हेड टु हेडमा पछि पारेको छ । एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here