सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ चैत । आइतबार सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतिकित्ता ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८९ हजार ५० रहेको छ ।

त्यसैगरी, आइतबार चाँदी मूल्यपनि प्रतितोला ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here