मनकामना केबुलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं, २२ चैत । मर्मत सम्भार पश्चात् मनकामना केबुलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

मनकामना दर्शन प्रालिले शनिबार एक सूचना जारी गर्दै प्रथम चरणको काम अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएको कारण चैत्र ३१ गतेबाट सञ्चालन गर्ने भनिएको केबुलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जनाएको हो ।

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द केबुलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबुलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक समितिले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here