घरजग्गा कारोबार चार गुणा बढ्यो, आठ महिनामा ३८ अर्ब राजश्व संकलन

काठमाडौं, २९ चैत । कोरोना भाइरसका कारण सुस्ताएको घरजग्गा कारोबारले लय समातेको छ । महामारीले शिथिल बनेको घरजग्गा कारोबार पछिल्लो तीन महिनादेखि बढ्न लागेको हो ।

कोरोनाको त्राास कायमै रहेकाले मानिसहरुले अन्य क्षेत्रको भन्दा घरजग्गामा गरेको लगानी सुरक्षित हुने देखेपछि पनि यसको कारोबार बढ्न पुगेको जानकारहरु बताउँछन् ।

पछिल्लो समय बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो भएको छ । अहिले सहजै र सस्तो ब्याजदरमा ऋण पाइने भएकाले नियमित आम्दानी भएका मान्छेहरु ब्याज सस्तो भएको मौका छोपी घरजग्गा जोड्न थालेका छन् । जसले कारोबार बढ्न सहयोग पुगेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिकको ८ महिनाको अवधिमा ११ लाख बढी घरजग्गा सम्बन्धी कारोबार भएका छन् । औसतमा दैनिक १७०० घरजग्गा किनबेच भएका छन् । फागुनसम्म आइपुग्दा त्यो संख्या ४ गुणाभन्दा धेरैले बढेको छ ।

उक्त अवधिमा घरजग्गा सम्बन्धी कारोबारबाट ३७ अर्ब ९८ करोड ४५ लाख ४१ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।

उक्त कर रजिस्ट्रेसन दस्तुर, सेवा शुल्क, वाग्मती सभ्यता शुल्क, पूँजीगत लाभकर लगायत शिर्षकमा संकलन भएको हो ।

फागुन महिनामा मात्रै देशभर देशभर कुल २ लाख १४ हजार ४९१ घरजग्गा कारोबार भएका छन् । सोमध्ये ७६ हजार ४९१ वटा किनबेच भएका छन् ।

माघमा कुल २ लाख ११ हजार ९०८ घरजग्गा सम्बन्धी कारोबार भएको थियो । सोमध्ये ७६ हजार ४९१ घरजग्गा किनबेच भएको थियो ।

पुस महिनामा कुल २ लाख १४ हजार ४६० घरजग्गा सम्बन्धी काम भएका छन् । सो मध्ये ६९ हजार १८२ घरजग्गा रोक्का, ४० हजार २६५ फुकुवा र ७६ हजार ५३२ वटा घरजग्गा खरिद विक्री भएका छन् । गरिएका छ । यो महिना ७१ अपार्टमेन्ट कारोबार भएका छन् ।

यसैगरी, मंसिरमा १ लाख ६८ हजार ६ घरजग्गा सम्बन्धी काम भएको थियो । यो महिना ५३ हजार २८१ घरजग्गा रोक्का, ३२ हजार २६० फुकुवा र ६१ हजार ४५१ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here