किन झमझमाउछ शरीर ? यस्तो छ कारण

काठमाडौं । कहिलेकाहीँ लामो समयसम्म एकै ठाउँमा बस्दा शरीरको कुनै भाग झमझम हुने वा लाटो हुने गर्छ ।

यसबाहेक झमझम हुने कारण धेरै हुन सक्छन् । झमझम हुनुको सबैभन्दा सामान्य कारण सङ्कुचित स्नायु हो । टाउको र घाँटीमा चोटपटक, कुनै ठाउँको रगत प्रवाहमा बाधा पुगेमा, भिटामिन वा खनिजको कमी र मल्टिपल स्क्लेरोसिसजस्ता रोग (मस्तिष्क र मेरुदण्डमा असर पार्ने रोग, कमजोरी, सन्तुलनमा समस्या हुने) लगायतका अन्य धेरै कारण झमझम हुने समस्या निम्तिने गर्छ ।

एकै ठाउँमा लामो समयसम्म बस्नाले स्नायु कम्प्रेस भएमा, मेरुदण्ड वा कुनै पनि स्नायुमा समस्या भएमा, स्नायुलाई कम्प्रेस गर्ने फ्राक्चर वा कुनै पनि चोटपटक लागेमा, ट्युमर भएमा, माइग्रेनको टाउको दुखाइ भएमा झमझम हुने समस्या देखिन सक्छ । त्यस्तै, मधुमेहको समस्या भएकामा, थाइरोइड हर्मोन कम वा धेरै भएमा पनि झमझम हुने लक्षण देखापर्छ ।

कुनै प्रकारको सङ्क्रमण भएमा, रेनल्ड्स फेनोमेनोनका कारण, स्ट्रोक हुन लाग्दा वा भएमा, कुनै औषधिको साइड इफेक्ट भएमा, क्यान्सरको उपचारमा रेडियोथेरापी गराइरहेको कारण, अत्यधिक रक्सी तथा लागुऔषधको सेवन गरेकामा, सोडियम, क्याल्सियम, पोटासियमलगायतका मिनिरल्सको कमी भएमा, भिटामिन बी१२ को कमी भएमा पनि हात खुट्टा, औँला वा शरीरको कुनै भाग झमझम हुने समस्या देखा पर्ने गर्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here