तौल कम गर्न ल्वाङ चिया !

काठमाडौं । दैनिकजसो प्रयोग गरिने पौष्टिक तत्वहरूले भरिपूर्ण ल्वाङ शरीरका लागि निकै फाइदाजनक मानिन्छ । तौल घटाउनेदेखि छालाको समस्या समाधान गर्न, शरीरको विषाक्त पदार्थ निष्काशन गर्नका लागि ल्वाङ चिया पिउनु फाइदाजनक मानिन्छ ।

दुई कप पानीमा चारदेखि पाँचवटा ल्वाङ, अलिकति दालचिनी, कागती, सक्खर वा मह, अदुवा राखेर पकाई ल्वाङ चिया बनाउन सकिन्छ । ल्वाङ चियाले पाचन प्रणालीमा सुधार गर्न मद्दत गर्छ ।

ल्वाङ चियाको सेवनले बोसो जलाउने प्रक्रियालाई छिटो बनाउने हुँदा तौल छिटो घट्ने हुन्छ । ल्वाङमा हुने एन्टिसेप्टिक गुणहरूले छालाका समस्याहरूको उपचार गर्न र शरीरबाट विष हटाउन सहयोग पु¥याउछ । यसका साथै यसले अक्सिडेटिभ तनाव कम गर्न पनि मद्दत पु¥याउँछ, जसले चाउरीपनको समस्या, चायापोतो, र उमेर अनुसार छालामा आउने दाग हटाउन मद्दत गर्छ ।

ल्वाङ चियाको सेवनले दाँत तथा गिजाको समस्या, गिजा सुन्निने तथा दुखाइबाट राहत प्रदान गर्न मद्दत गर्छ । ल्वाङ चियाले मुखबाट हानिकारक ब्याक्टेरियालाई हटाई दाँतको समस्याबाट छिटो राहत प्रदान गर्छ । ल्वाङमा युजिनल हुने हँुदा ल्वाङ चियाले छातीमा जम्मा भएको कफ हटाउन पनि मद्दत गर्छ र साइनसबाट राहत पाउन मद्दत गर्छ ।

ल्वाङमा हुने भिटामिन ई र भिटामिन केले जीवाणु सङ्क्रमणसँग लड्न मद्दत गर्छ । यो चिया ज्वरोको उपचारमा पनि प्रभावकारी हुने पाइएको छ । सामान्यतया ल्वाङको सेवन सुरक्षित हुन्छ । तर, धेरै मात्रामा सेवन गर्दा साइड इफेक्टहरूको सामना गर्नुपर्ने हुनसक्छ । दिनमा एक वा दुईचोटि ल्वाङ चिया पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here