शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग

काठमाडौं, २९ चैत । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ।

बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो निभाउन सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको हो । हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि आगलानी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

काठमाडौं दुई वटा दमकल गएर नियन्त्रणको प्रयास गरे पनि डढेलो सडकभन्दा धेरै माथि पुगेकाले सफल हुन नसकेपछि दमकल फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here