२४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं, २९ चैत । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ३,११२ जनाको गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १४१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७७ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या २ हजार ९ सय २९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here