भारतमा एकैदिन १ लाख ६९ हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौं, ३० चैत । विश्वका अन्य देशको तुलनामा भारतमा संक्रमण दर उच्च रुपमा बढेको छ । विगत २४ घन्टामा मात्रै भारतमा १ लाख ६९ हजार बढी नयाँ भाइरसका संक्रमित थपिएका छन् ।

एकैदिन ९ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ७० हजार भन्दा बढिको कोरोनाका कारण मृत्यु भइसकेको छ । भारतमा कोभिड १९ विरुद्धको खोप अभियान पनि जारी छ ।

संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहदा खोप अभावका कारण अभियान प्रभावित बन्न पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here