आफ्नै टीएमएस ल्याउँदै ब्रोकर, लगानीकर्ताले व्यहोर्नु पर्ने दुःख अन्त्य हुने

काठमाडौं, ३० चैत । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन् ।

लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नु पर्ने दुःख अन्त्य गर्नको लागि उनीहरूले आउँदो साउन १ गतेबाट (टीएमएस) सञ्चालनमा ल्याउन लागेका हुन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै उक्त जानाकारी गराएको हो ।

चुस्त दुरुस्त सेवा प्रवाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नुपर्ने दुःख अन्त्य गर्न ब्रोकरको संयुक्त पहलमा १० भन्दा बढी राष्ट्रहरुमा प्रयोग भइरहेको कारोबार प्रणाली टीएमएस ल्याउने सम्झौतागरी काम अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ।

सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा २०७८ साउन १ बाट प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने अपेक्षा ब्रोकरले राखेका छन्।

यसमा मल्टी एसेज, मल्टी एक्सचेञ्ज ट्रेडिङ प्ल्याटफर्म रहेको प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत बिभिन्न उपकरणहरुको कारोबार एक वा एकभन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

लगानीकर्ताहरूले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ ।

त्यस्तै शेयर बजारमा राफसाफमा आएको समस्याका कारण शेयर कारोबारमा बैंकमा रकम नगएको भएमा ब्रोकर कार्यालयमा नै चेक लिन जान ब्रोकरले आग्रह गरेका छन् ।

ब्रोकरहरुको छाता संगठनले शेयरको भुक्तानी चेकबाट लिन आग्रह गरेको हो।

विज्ञप्ति जारी गर्दै टी प्लस २ (टी+२) पछि लगानीकर्ताको विवरण अद्यावधिक नभएका वा प्रणालीसँग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमा नै लगानीकर्ताले रकमको भुक्तानी प्रणालीमार्फत प्राप्त गर्न नसकेको अवस्था रहेमा सम्बन्धित ब्रोकर कार्यालयमा गई चेकको माध्यमबाट भुक्तानी लिन आग्रह गरेको छ।

धितोपत्र भुक्तानी सम्बन्धि समस्या समधान गर्न व्यावसायी र सिडिएस् एण्ड क्ल्यिरिङ्ग लि।को सयुक्त पहलमा प्रणालीको विकास गरी परिक्षणको क्रममा रहेको जनाएको छ छ । त्यसैगरी रकम भुक्तानी संग सम्बन्धित समस्याहरु समधानगर्न सम्बन्धित सम्पूर्ण पक्षहरुसंग निरन्तर छलफल रहेको बताएको छ ।

शेयर कारोबार गर्न कसरी खोल्ने टीएमएस, यस्तो छ सहज प्रक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here