सुनको मूल्य बढ्यो चाँदीको यथावत, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३० चैत । सोमबार छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढ्दै ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुनको कारोबार मूल्य ८९ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८९ हजार १५० रहेको छ ।

सोमबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here