ज्योति लाइफको शेयर किन्नेको घुईचो, बेच्न शुन्य

काठमाडौं, ३० चैत । ज्योति लाइफ इन्स्योरेन्सको शेयर किन्नेको ओइरो लागेको छ ।

गत बुधबारबाट ३६० रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयर मूल्य सोमबार ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता ४६८ रुपैयाँमा पोजेटिभ सर्किट लाग्दै कारोबार भइरहेको छ ।

कम्पनीको शेयर किन्न चाहनेको भीड लागेको छ । १ः१० बजेसम्म कम्पनीको करिब ८ लाख ३ हजार ६४३ कित्ता शेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि शेयर छैन ।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here