तपाईंलाई इन्टरनेटको लत लागेको त छैन् ? हुनसक्छ यस्तो समस्या

काठमाडौं । अहिलेको समयमा मोबाइल र इन्टरनेट नचलाउने सायदै कोही होलान । मानिसहरु सबै काम अचेल मोबाइल र इनटरनेटको भरमा गर्ने गर्छन् । इन्टरनेटले गर्दा मानिसको जीवन सजिलो भएको छ । इन्टरनेटले यो ठुलो संसारलाई सानो गाउँमा खुम्चाएको छ । तर इन्टरनेटको बडी प्रयोगले गर्दा मानिसमा नँया नँया खालका रोगहरु देखा पर्न थालेका छन् । इन्टरनेट धेरै चलाउनु स्वास्थ्यको लागी हानिकारक हुन थालेको छ । यस बारेमा हामीले समयमा नै सोच्नु पर्छ ।

इन्टरनेटको कारण मानिसलाई लाग्न सक्ने रोगहरु यस प्रकार छन् :

१. गुगल इफेक्ट (सोच्ने क्षमताको विनास)

अहिलेको मानिसलाई कुनै पनि कुरा आएन भने त्यो काम गुगलले तुरुन्तै गर्दिने गरेको छ । केहि कुरा आयुएन भने मानिसहरु गुगलमा खोजेर पत्ता लगाउने गर्छन् । यसले गर्दा मानिसहरुको कुनै पनि कुरा सोच्ने क्षमता घट्ने गर्छ । मानिसहरु आफ्नो दिमागको प्रयोग कम गर्छन् । जसले गर्दा दिमागले कम सोच्न थाल्छ । यसका साथै मानिसहरुमा भुल्ने बिरामी पनि देखा पर्न थाल्छ । गुगल बडी प्रयोग गर्ने मानिसहरु कुनै पनि कुरा याद गर्न गाह्रो हुने गर्छ ।

२. बिरामी हुने भ्रम (साइबरकान्ड्रिया)

इन्टरनेटमा कुनै रोगको लक्षण पढेर आफूलाई पनि त्यही रोग लागेको सोच्ने प्रवृत्तिलाई साइबरकान्ड्रिया भनिन्छ । यस्तो स्थितिमा मानिसहरु मेडिकल जानकारी बिना नै आफूलाई रोगी सम्झछन् र यसले ठूलो मानसिक समस्या निम्त्याउनसक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

३. सेल्फी धेरै खिच्नेलाई सेल्फाइटिस रोग

सन् २०१४ मा यसको शुरुवात अनलाइन जोक ९मजाक०को रुपमा भएको थियो । जब अमेरिकन साइकोट्रिक एसोसिएसनले सेल्फाइटिसलाई नयाँ मानसिक रोग भनेको थियो । यो रोगबाट त्यस्ता व्यक्ति पीडित हुन्छन्, जो बढी सेल्फी खिच्छन् र सामाजिक सञ्चालमा पोस्ट गर्छन् । सन् २०१७ मा यो वास्तवमै रोग भएको प्रमाणित भइसकेको छ ।

४. मोबाइल हराउने डर (नोमोफोबिया)

धेरै मोबाइल चलाउने मानिसहरुलाई आफ्नो मोबाइल हराउने निकै डर हुन्छ । यो एउटा मानषिक रोग हो । मोबाइल बिना दिन बित्न पनि गाह्रो हुने भएकाले उनीहरुलाई यो रोग लाग्ने गर्छ । यो रोग लागेपछि मानिसहरु दिनमा २० पटक भन्दा बडी आफ्नो मोबाइल खोज्ने गर्छन् ।

५. फेन्टम रिङ्गिङ सिन्ड्रोम

यदि तपाईलाई आफ्नो फोन आए जस्तै लाग्छ र तपाई पटक पटक आफ्नो मोबाइल हेर्न जानु हुन्छ भने तपाईलाई फेन्टम रिङ्गिङ सिन्ड्रोम भएको छ । यो एउटा मानषिक भ्रम पैदा गर्ने रोग हो । यदि समयमै उपचार नगरे यसले गम्भीर समस्या निम्त्याउन सक्ने चिकित्सकहरुको भनाइ छ । अनुसन्धानकर्ताहरुले आवश्यकताभन्दा बढी समय मोबाइल चलाउने व्यक्तिमा यस्तो रोगको लक्षण देखिने गरेको पत्ता लगाएका छन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here