अङ्गुरले छालासम्बन्धी समस्या कम गर्छ : अध्ययन

काठमाडौं । दैनिक आहारमा अङ्गुरलाई समावेश गर्दा स्वस्थ र छालाका लागि निकै लाभदायी हुने एक अध्ययनले देखाएको छ ।

अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी जर्नलमा हालसालै प्रकाशित अनुसन्धानका अनुसार अङ्गुरको सेवनले सन्सक्रिन जस्तै अल्ट्राभायोलेट (युभी) छालाको क्षतिबाट बचाउन सक्छ । अल्बामा विश्वविद्यालयका वैज्ञानिकहरूले अङ्गुरमाथि गरेको अनुसन्धानत्मक रिपोर्टमा अङ्गुरको सेवनले सूर्यको अल्ट्रा भायलेट किरण छालाबाट भित्र प्रवेश गर्न रोक्ने उल्लेख गरेका छन् ।

पोलिफेनोल नामक अङ्गुरमा पाइने प्राकृतिक तत्व यी लाभकारी प्रभावहरूको लागि जिम्मेवार भएको वैज्ञानिकहरूले बताएका छन् । अङ्गुर मानव शरीरका लागि कति फाइदाजनक छ भन्ने तथ्यमाथि वैज्ञानिकहरूले लगातार १४ दिन रिसर्च गरेका थिए  । १४ दिनसम्म लगातार अङ्गुर खाएका व्यक्तिमा सूर्यको अल्ट्रा भायलेट किरणले असर नगरेको देखिएको थियो ।

अङ्गुर सेवन गरेका व्यक्तिहरूको डिएनए र रगत परीक्षण पनि भएको थियो । त्यसपछि अङ्गुर खाएका ती १४ व्यक्तिको शरीर पहिलाभन्दा पनि धेरै स्वस्थ्य र फिट देखियो । अङ्गुरको आहार सेवन गरेकामा डीएनए क्षति कम भएको, छाला कोशिकाको मृत्यु कम भएको र सुन्निने समस्या कम भएको अध्ययनले देखाएको छ ।

यसले छालाको कार्यलाई सुघार्न सक्ने र सम्भावित रूपमा छालाको क्यान्सर निम्तिनबाट जोगाउन सकिने अध्ययनको निष्कर्ष रहेको छ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here