दोहोरो अंकले बढ्यो शेयर बजार, ५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, ३० चैत । सातामा कारोबार सुरु भएको आज पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १७.२० अंकले बढेर २६९१.५५ अंकमा पुगेको हो । यो शेयर बिन्दु अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सोमबार इन्डेक्स ३.७८ प्रतिशत बढेर ४८०.२९ अंकमा पुगेको छ ।

सोमबार लघुवित्त, विकास बैंक, र्निजीवन बीमा, जीवन बीमा, बैकिङ्ग, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोष समुहको बाहेक अन्य सबै समुहको सूचक घट्यो । लघुवित्त समुहको सूचक सबैभन्दा धेरै ३.६४ प्रतिशत बढ्यो । त्यस्तै, विकास बैंकको १.४३ प्रतिशत, र्निजीवन बीमाको १.२१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक घट्यो । यस समुहको सूचक १.८२ प्रतिशत घट्यो । त्यस्तै, ट्रेडिङ समुहको १.७७ प्रतिशत घट्यो ।

सोमबार २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड रुपैयाको कारोबार भयो ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी लघुवित्त, ग्रीनलाइफ हाइड्रो र सिन्धु हाइड्रो छन् ।

सबैभन्दा धेरै गुमाउनेमा सान्जेन लघुवित्तको शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ४.४१ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार एनआइसी एसिया बैंकले गर्यो । बैंकले २५ करोड ७ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here