नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक ‘माइ सेकेण्ड टिचर’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । जसको मुख्य प्रायोजक माइ सेकेण्ड टिचर रहेको छ ।

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजक खोज्ने जिम्मा एड प्याडलाई दिएको थियो । सो कम्पनीले जर्सीको मुख्य प्रायोजकमा माइ सेकेण्ड टिचरलाई भित्र्याएको छ ।

आज राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र आइएनजी ग्रुपका सुलभ बुढाथोकीले राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन । सम्झौता अनुसार राष्ट्रिय टिमको जर्सीमा अपलब्ध हुने स्थानहरुमा माइ सेकेण्ड टिचरले मुख्य भागमा राखिने छ । यस्तै आइएनजी ग्रुप र इस्लिङ्टन कलेजको पनि लोगो राखिने भएको छ ।

यो सम्झौताको रकम भने गोप्य राखिएको छ । क्यानले राष्ट्रिय टिमको जर्सीको प्रायोजकको सबै जिम्मा एड प्याडलाई १५ महिनाका लागि विक्रि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here