नेप्सेले बनायो नयाँ रेकर्ड, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, ३० चैत । नेपाली शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्से परिसूचक १७.२० अंकले बढेर २६९१.५५ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

जुन हालसम्मकै उच्च विन्दु हो । त्यस दिन लगानीकर्ताको रोजाइमा बैकको शेयर परेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा एनआइसी एशिया बैकको शेयर परेको छ ।

त्यसदिन एनआइसी एशियाको २५ करोड ७ लाख १८ हजार ४७६ रुपैयाँ बराबरको २ लाख ६७ हजार २१० कित्ता शेयर खरिद–बिक्री भएको छ।

९१८ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर ३१ रुपैयाँ बढ्दै ९४९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

नबिल बैकको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन नबिलको २४ करोड ५३ लाख ५६ हजार ९६० रुपैयाँ बराबरको १ लाख ८३ हजार ५५२ कित्ता शेयर खरिद–बिक्री भएको छ।

१३३० रुपैयाँमा कारोबार खुलेको नबिलको शेयर १८ रुपैयाँ बढ्दै १३४८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको तेस्रो नम्बरमा परेको छ । त्यसदिन निफ्राको २२ करोड ११ लाख ९७ हजार ५७० रुपैयाँ बराबरको ३ लाख ७७ हजार ७३२ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५८९ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर ५ रुपैयाँ घटेर ५८४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको चौंथो नम्बरमा नेपाल बैंक लिमिटेडको शेयर परेको छ । त्यसदिन नेपाल बैंकका २१ करोड ४६ लाख १३ हजार ४९५ रुपैयाँ बराबरको ४ लाख ८५ हजार ७५५ कित्ता शेयर खरिद–बिक्री भएको छ।

४४५ रुपैयाँमा कारोबार खुलेको नेपाल बैंकको शेयर १ रुपैयाँ घटेर ४४४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको पाँचौं नम्बरमा ग्रामीण विकास लघुवित्तको शेयर परेको छ । त्यसदिन ग्रामीण विकासको १९ करोड ८१ लाख ११ हजार ९५४ कित्ता बराबरको १ लाख ५८ हजार ९९५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

आज शेयर बजार मापक सूचक नेप्से १७.२० अंकले बढेर २६९१.५५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर किनबेच भएका छन् ।

सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटा समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९७.७९ अंकले बढेको छ भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ७५.१९ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here