संसदीय सुनुवाई समितिमा हेरफेर,घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटा लेखामा

काठमाडौं ३० चैत । संसदीय समितिहरुको हेरफेर भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि समितिमा पनि हेरफेर गरिएको हो ।

सभामुख सापकोटाले सांसदहरुको जिम्मेवारी हेरफेर तथा समितिमा रहने सांसदहरुको नामावली थपघटको प्रस्तावलाई सोमबारको प्रतिनिधिसभा बैकठले पास गरेको हो।

कार्यव्यवस्था परामर्श समितिमा १४ जनाको नाम सार्वजनिक भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड राज्यव्यवस्था समितिबाट कानून न्याय तथा मानवअधिकार समितिको जिम्मेवारी पाएका छन्। यस्तै पूर्वमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको जिम्मेवारी पाएका छन्।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसनका लागि लबिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई सदस्य बनाइएको हो।

घनश्याम भुसाल, मोतिलाल दुगड र वर्षमान पुनले अर्थ समितिमा जिम्मेवारी पाएका छन्। कृष्णबहादुर महरा र लिलादेवी सिटौलालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जिम्मेवारी दिइएको छ।

कार्यव्यवस्थामा उमाशंकर अरगरिया, कृष्णभक्त पोख्रेल, खगराज अधिकारी, जयपुरी घर्ती, दिलेन्द्र प्रसाद बडु, देवप्रसाद गुरुङ, पुष्पाभुाल गौतम, बालकृष्ण खाँड, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङ रहेका छन् ।

त्यस्तै अन्तराष्ट्रिय सम्बन्ध समितिमा कृष्णबहादुर महरा र लिलादेवी सिटौला रहेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रामेश्वर राय यादव, कृषिमा शक्तिबहादुर बस्नेत, महिलामा जानकी देवी राम र सुवर्ण ज्वारचन, राज्य व्यवस्थामा मोहन प्रसाद पाण्डे, विकास तथा प्रविधिमा बिना मगर, शिक्षामा गिरिराजमणि पोखरेल र योगेश कुमार भट्टराई, सार्वजनिक लेखामा गोकुल प्रसाद बाँस्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अर्थ समितिमा बिनोद कुमार चौधरी, सार्वजनिक लेखाबाट अन्तराष्ट्रिय सम्बन्धमा पुष्पा कुमारी कर्ण कायस्थलगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here