२४ घण्टामा ४९६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमितको मृत्यु

काठमाडौं, ३० चैत । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ४३७८ पीसीआर परीक्षणमा ४९६ जनामा संक्रमण पुष्टि भएको हो। ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ यो दुवै सहित धने नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या ५५९ पुगेको छ ।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ५२५ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या ३ हजार ६ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १३ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here