नयाँ वर्षमा नेपाल टेलिकमको ‘स्प्रिङ अफर’

काठमाडौं, ३० चैत । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेज सहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो ।

नयाँ वर्षको अवसरमा प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर रु. २९९ मा उपलब्ध गराइएको छ ।

स्प्रिङ अफर अन्तर्गत १२५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको कम्पनीले बताएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४ सै घण्टा प्रयोग गर्न सकिन्छ ।

साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको छ । यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।

नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी डाटा प्याक अन्तर्गत नै रु. ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here