धितोपत्र बजारमा बैंक र बीमा कम्पनीको पुँंजीकरणको हिस्सा कति ?

काठमाडौं, ३० चैत । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ८ महिनासम्मको तथ्यांक अनुसार जलविद्युत कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत रहेको छ ।

त्यस्तै होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १८.४ प्रतिशत रहेको छ । २०७७ फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ फागुनसम्ममा सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु. ५५१ अर्ब ६८ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here