एलएल.बी प्रथम वर्षमा नयाँ भर्ना खुल्यो, जेठमा प्रवेश परीक्षा हुने

काठमाडौं, ३१ चैत । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यलयले एलएल.बी प्रथम वर्षमा नयाँ भर्ना खुलाएको छ ।

डीनको कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७७/७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन फारम खुला गरेको हो ।

आवेदन फाराम वितरण र दर्ता २०७८ साल बैशाख १४ गते मंगलवार देखि जेष्ठ १३ गते बिहिबारसम्म हुने जनाइएको छ । कानून संकाय अन्तर्गत स्नातक तहको एलएल.बी पठन पाठन हुने क्याम्पस तथा कलेजहरुमा आवेदन फाराम उपलब्ध हुने तथा बुझाउन सकिनेछ ।

प्रवेश परीक्षा फारम तथा परीक्षा दस्तुर एक हजार दुई सय लाग्नेछ । भर्ना हुनका लागि न्यूनतम शैक्षिक योग्यता त्रि.वि. बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह पास गरेको हुनुपर्नेछ ।

२०७८ साल जेष्ठ २९ गते शनिबार बिहान ११:०० बजे देखि ०२०० बजे सम्म प्रवेश परीक्षा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here