सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ चैत । मंगलबार छापावाल सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ८९ हजार ५० रहेको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १५ रुपैयाँ घटेर प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here