बार्सिलोना बन्यो विश्वकै धनी क्लब, शीर्ष १० मा को को परे ?

काठमाडौं, ३१ चैत । स्पेनिस फुटबल क्लब बार्सिलोना विश्वकै धनी क्लब बनेको छ । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको धनी फुटबल क्लबको सूचीमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको हो ।

यसअघि दुई वर्षअघि फोर्ब्सले सार्वजनिक गरेको सूचीमा रियल शीर्ष स्थानमा रहेकोमा यस पटक भने ४ अर्ब ७६ करोड डलरसहित बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । २ वर्षमा बार्सिलोनाको मूल्यमा १८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, ४ अर्ब ७५ करोड डलर मूल्यसहित रियल दोस्रो स्थानमा रहेको छ ।

शीर्ष १० मा को को परे ?

शीर्ष १० स्थानमा भने इङ्ग्लिस क्लब धेरै छन् । १० मध्ये ६ वटा इङ्ग्लिस क्लबहरू छन् । जसमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम रहेका छन् ।

त्यस्तै, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि शीर्ष १० मा अटाएका छन् । यस समयमा सबैभन्दा धेरै मूल्य पीएसजीले बढाएको छ । गएको दुई वर्षमा पीएसजीको मूल्य १२९ प्रतिशत बढेको छ भने लिभरपुलको ८८ प्रतिशतले बृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here