के हो डिस्क ब्रेक ? यस्ता छन् फाइदा र बेफाइदा

काठमाडौं । प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन् । जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ । यो सवारीसाधनमा समेत लागू हुने नै भयो ।

सवारीसाधनमा विगनमा ड्रम ब्रेक हुन्थ्यो, जुन अहिले पनि चल्तिमै छ । तर, पछिल्लो समय आउने सबैजसो दुईपांग्रे सवारीमा डिस्क ब्रेक हुने गरेको छ। मोटरसाइकल तथा स्कुटरमा हुने डिस्क ब्रेक अहिले चल्तीको विशेषता भइसकेको छ । केही वर्षअघिसम्म महंगा र ठूला मोटरसाइकलमा मात्र सीमित यो विशेषता अहिले इन्ट्रिलेवलका मोटरसाइकल तथा स्कुटरमा समेत डिस्क ब्रेक उपलब्ध हुन थालेको छ ।

हाल नेपाली बजारमा उपलब्ध १५० सिसी इन्जिन क्षमताका सबै मोटरसाइकलमा डिस्क ब्रेक रहेका छन् । त्यसमा पनि अगाडि र पछाडि दुबै चक्कमा डिस्क ब्रेक उपलब्ध हुन थालेका छन् । १५० सिसी क्षमताको बजाज पल्सर १५०, टिभिएस अपाचे आरटिआर १६० फोर भी, यामाहा एफजेडएस भी थ्री, जिक्सर १५० जस्ता मोडलमा अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेकका सुविधा छ ।

के हो डिस्क ब्रेक ?

डिस्क ब्रेक एउटा नयाँ ब्रेकिङ प्रविधि हो । मोटरसाइकल तथा स्कुटरको पांग्रामा एउटा डिस्क राखिएको हुन्छ । यसको सहायताले मोटरसाइकलको ब्रेकिङ निकै नै प्रभावकारी हुन्छ। यसले मोटरसाइकलको गतिलाई नियन्त्रण गर्नुपरेमा सहजता प्रदान गर्छ ।

मेटरसाइकलको अघिल्लो टायरमा राखिएको डिस्क ब्रेकको भूमिका करिब ७० प्रतिशत हुन्छ भने पछिल्लो टायरमा राखिएको डिस्कको भूमिका ३० प्रतिशत हुन्छ । मेटरसाइकल गुडिरहदा तातो हुनुका साथै घर्षणका कारण ब्रेक शु पनि तातिने भएकाले यसले प्रभावकारी रुपमा काम नगर्न पनि सक्छ। त्यसैले लामो समय मोटरसाइकल गुडेको समयमा होसियारीका साथै ब्रेक लगाउनु पर्छ ।

डिस्क ब्रेकका फाइदा

डिस्क ब्रेकले ड्रम ब्रेकको तुलनामा ६० देखि ८० प्रतिशतसम्म चाँडो मोटरसाइकलको गतिलाई नियन्त्रण गर्न सक्छ । यस्तोमा दुर्घटनाबाट जोगाउन सहयोग पुग्छ । ड्रम ब्रेकको तुलनामा डिस्क ब्रेकलाई बढी सुरक्षित मानिन्छ ।

डिस्क ब्रेकलाई रिमको आवश्यकता नपर्ने भएकाले यसले हिलो र सुख्खा मौसममा पनि एकनासको सुरक्षा दिनसक्छ। ड्रम ब्रेकमा हिलो र धुलोको असर धेरै हुने गर्छ । यसलाई प्रयोग गर्नपनि सहज मानिन्छ ।

यसमा कम शक्ति खर्च गर्दा पुग्छ । यसलाई जुनसुकै अवस्थाको सडकमा पनि एकनासले प्रयोग गर्न सकिन्छ भने पानी परेको बाटोमा पनि यसको पर्फमेन्स उत्कृष्ट रहनेछ ।

डिस्क ब्रेकका बेफाइदा

डिस्क ब्रेकका केही बेफाइदा पनि छन् । डिस्क ब्रेक ड्रम ब्रेकको तुलनामा धेरै गह्रौँ हुन्छ । उच्च गतिमा डिस्क ब्रेकको अपर्झट प्रयोग गर्दा केही कठिन रहेको प्रयोगकर्ताहरुले बताउँछन् ।

डिस्क ब्रेकको मेन्टिनेन्स ड्रमको तुलनामा बढी गर्नु पर्ने हुन्छ। यसमा प्रयोग हुने ल्यूब, बेला बेलामा जानु पर्ने सर्भिस सेन्टर जस्ता कारण यो ड्रमको तुलनामा केही महंगो समेत छ । यद्यपि ड्रम ब्रेकको रिममा गर्नु पर्ने खर्चभन्दा डिस्क ब्रेकको मर्मत खर्च कम लाग्ने गरेको छ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here