शेयर बजारमा नयाँ रेकर्ड, नेप्से २७०० बिन्दु माथि पुग्दा ५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, ३१ चैत । मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै उच्च बिन्दु हो ।

आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि नयाँ रेकर्ड कायम भयो । मंगलबार इन्डेक्स ५.९९ अंकले बढेर ४८६.२८ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार होटल एण्ड टुरिजम, र्निजीवन बीमा, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र लघुवित्त बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक घट्यो । कम्पनीका सूचक १.६१ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै विकास बैंक समुहको सूचक बढ्यो । कम्पनीको सूचक ३.४१ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्ग समुहको २.३० प्रतिशत बढ्यो ।

मंगलबार २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँको कारोबार भयो ।

आज ५ वटा कम्पनीको लगानीकर्ता मालामाल भए । मालामाल हुनेमा एनआइसी एसिया लघुवित्त, माउण्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङदी हाइड्रोका शेयर धनी छन् ।

सबैभन्दा धेरै लक्ष्मी लघुवित्तका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ४.२७ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार नबिल बैंकले गर्यो । बैंकले २८ करोड ६२ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here