नयाँ रेकर्ड बनाउँदै शेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ, ‘निफ्रा’ उत्कृष्ट पाँचभित्र

काठमाडौं, ३१ चैत । नेपाली शेयर बजारले नयाँ रेकर्ड बनाउँदै २०७७ सालको बिदाइ गरेको छ । ७७ सालको अन्तिम दिन मंगलबार नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

जुन हालसम्मकै उच्च विन्दु हो । त्यस दिन लगानीकर्ताको रोजाइमा बैंकको शेयर परेको छ । ५ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा पुगेर बढ्दाँ पनि कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा नबिल बैंकको शेयर परेको छ ।

त्यसदिन नबिलको २८ करोड ६२ लाख ६० हजार ९११ रुपैयाँ बराबरको २ लाख ९ हजार ३७३ कित्ता शेयर खरिद–बिक्री भएको छ।

१३४८ रुपैयाँमा कारोबार खुलेको नबिलको शेयर ३२ रुपैयाँ बढ्दै १३८० रुपैयाँमा कारोबार बन्द भएको छ ।

दोस्रो नम्बरमा नेपाल बैंक लिमिटेडको शेयर परेको छ । त्यसदिन नेपाल बैंकका २८ करोड १६ लाख ५३ हजार २५६ रुपैयाँ बराबरको ६ लाख २६ हजार ९१३ कित्ता शेयर खरिद–बिक्री भएको छ।

४४३ रुपैयाँमा कारोबार खुलेको नेपाल बैंकको शेयर १६ रुपैयाँ बढेर ४५९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा तेस्रो नम्बरमा एनआइसी एशिया बैकको शेयर परेको छ ।

त्यसदिन एनआइसी एशियाको २४ करोड ३५ लाख ७९ हजार ७९५ रुपैयाँ बराबरको २ लाख ५४ हजार ३६ कित्ता शेयर खरिद–बिक्री भएको छ।

९४९ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर २१ रुपैयाँ बढ्दै ९७० रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको चौंथो नम्बरमा परेको छ । त्यसदिन निफ्राको २१ करोड १० लाख २६ हजार ५३ रुपैयाँ बराबरको ३ लाख ६१ हजार २५३ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५८४ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर १ रुपैयाँ घटेर ५८३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको पाँचौं नम्बरमा नेपाल बंगलादेश बैंंकको शेयर परेको छ । त्यसदिन बंगलदेश बैकको शेयर १८ करोड ३८ लाख ८५ हजार २०३ रुपैयाँ बराबरको ४ लाख ७६ हजार २४८ कित्ता शेयर खरिद–बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here