एक एपिशोडको कति लिन्छन् ‘द कपिल शर्मा शो’ का कलाकार ?

काठमाडौं । सोनी टिभीमा प्रसारित कपिल शर्मा शो भारतमा मात्रै नभएर नेपालमा पनि औधी रुचाईन्छ । यो कार्यक्रममा धेरै हास्य कलाकाल भएको कारण पनि यसलाई धेरै रुचाइन्छ ।

तर, तपाईंलाई थाहा छ स्टारहरूले एक एपिशोडको लागि कति शुल्क लिन्छन् ? यस्तो छ उनीहरुले लिने शुल्क

कपिल शर्मा

यस शो को होस्ट समेत रहेका कपिल शर्मा शो का मुख्य कालाकार पनि हुन् । त्यसकारण उनको पारिश्रमिक सबैभन्दा धेरै रहेको छ । अहिलेसम्म प्रति एपिशोड ३० देखि ३५ लाखसम्म लिने कपिल शर्माले नयाँ सिजनबाट भने प्रति एपिसोड ५० लाख पारिश्रमिक पाउने गरी सम्भौता गरेको भारतिय सञ्चार माध्यमले लेखेका छन् ।

अर्चना पूरण सिंह

अर्चना पूरण सिंह द कपिल शर्मा शो की सबैभन्दा मुख्य व्यक्ति हुन् । उनलाई प्रति एपिशोड १० लाख भारु दिने गरिएको छ ।

कृष्ण अभिषेक

प्राय महिलाको अभिनय गर्ने कृष्ण अभिषेकको अभिनयलाई पनि दर्शकले औधी रुचाउछन् । यसको अलवा अमिताभ बच्चन, ज्याकी श्राफ र अनिल कपुरको क्यारिकेचर पनि कृष्ण अभिषेकले गर्ने गरेका छन् । उनले शो मा प्रति एपिशोड १० देखि १२ लाख भारु पारिश्रमिक लिने गरेका छन् ।

त्यस्तै, किकू सारदाले ५ लाख भारु, भारती सिंहले १० देखि १२ लाख भारु, चन्दन प्रभाकरले ७ लाख भारु र सुमोना चक्रवर्तीले प्रति एपिशोड ६ देखि ७ लाख भारु लिने गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here