राजमा खानुका अनेक फाइदा, हड्डी बलियोदेखि मुटु सुरक्षासम्म

काठमाडौं । राजमालाई तपाईले खानासँग दालका रुपमा खानु भएकै होला । गुडागुडी अन्तरगत पर्ने राजमामा बिभिन्न किसिमका पौष्टिक तत्वहरु हुन्छन् । यसमा प्रसस्त मात्रामा प्रोटिन र आइरन पनि पाईन्छ । जुन हाम्रो शरीरका लागि लाभदायी हुन्छन् । यसले कब्जियताबाट बचाउने देखी मुटु स्वस्थ राख्ने सम्मका बिभिन्न कामहरु गर्छ ।

यस्तो छ राजमा खानुका फाइदा

– यसमा प्रोटिनको उच्च स्रोत हुने भएकाले केटाकेटी, सुत्केरी र गर्भवती महिलालाई राजमा खुवाउनु फाइदाजनक छ ।

– राजमामा पाईने घुलनशील फाइबरले शरीरमा रहेको कलेस्टेरोलसँग बाँधिएर शरीरबाट कोलेस्टेरोल निष्कासन गर्न मद्दत गर्छ । अघुलनशील फाइबरले कब्जियतसँगै ठूलो र सानो आन्द्रासँग सम्बन्धित विभिन्न रोग लाग्न नदिन मद्दत गर्छ ।

– राजमामा पाइने फाइबरले कलेस्टेरोल कम गराएर मुटुरोग हुनबाट जोगाउँछ । राजमामा पाइने फोलेट र म्याग्नेसियम नामक तत्वले पनि मुटुको क्रियामा मद्दत पुर्याएर मुटु स्वस्थ राख्न मद्दत गर्छ ।

– चिनी रोगीका लागि पनि राजमा उपयुक्त खानेकुरा हुन सक्छ । यसमा भएको घुलनशील फाइबरले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सघाउँछ ।

– राजमामा आइरनको मात्रा पनि धेरै हुन्छ । त्यसैले रक्तअल्पताका बिरामीलाई राजमाको दाल खुवाउनु प्रभावकारी मानिन्छ ।

– यसमा न्यून चिल्लो पदार्थ हुने भएकाले मुटुरोगी अथवा मोटोपना भएका व्यक्तिका लागि राजमा उत्तम वैकल्पिक खानेकुरा हुन सक्छ ।

– यसमा पाईने म्यान्गनिज नामको खनिज पदार्थले हामीले खाएको खानाबाट शक्ति प्राप्त गर्न हाम्रो कोषभित्र विभिन्न क्रिया गराउन महत्वपूर्ण भूमिका खेल्छ । साथै, हाम्रो शरीरभित्र बन्ने विभिन्न हानिकारक तत्व (जस्तैः फ्रि रेडिकल) लाई निस्क्रिय पार्न पनि यो खनिज तत्वले भूमिका खेल्छ ।

–राजमामा फस्फोरस बलियो हड्डी र दाँतका लागि आवश्यक छ भने, भिटामिन बि १ ले हाम्रो मष्तिस्कको विकास र कार्यमा मद्दत पुर्‍याउँछ ।

तर राजमा धेरै र गलत ढंगले प्रयोग गरेमा शरीरलाई प्रतिकुल असर पर्न सक्छ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here