सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ वैशाख । बिहीबार छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्यपनि प्रतितोला ९० रुपैयाँ बढेर प्रतितोला १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here