थप ४९० जनामा कोरोना संक्रमण पुष्टी, ५ जना संक्रमितको मृत्यु

फाइल फोटो

काठमाडौं, २ बैशाख । नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४९० जनामा संक्रमण पुष्टी भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here