शाकाहारी मानिसमा हड्डी कमजोरको जोखिम

काठमाडौं । शाकाहारी मानिसको हड्डी कमजोर हुने एक अध्ययनले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानका अनुसार भेगन डाइट अर्थात् शाकाहारी मानिसको हड्डी कमजोर हुनुका साथै उनीहरूमा फ्याक्चरको जोखिम पनि उच्च हने गर्दछ ।

मांसाहारीहरूको तुलनामा शाकाहारी मानिसको शरीरमा क्याल्सियम र प्रोटिनको अभाव हुन्छ । जसको नतिजाको रूपमा, उनीहरूमा हड्डी फ्याक्चर हुने सम्भावना ४३ प्रतिशतले बढी हुन्छ ।

बिएमसी जर्नलमा सार्वजनिक अनुसन्धानका अनुसार, एक हजार शाकाहारी व्यक्तिलाई १० वर्षका लागि अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा यस्ता व्यक्तिमा हिप, खुट्टाको हड्डी र ढाडको हड्डीमा फ्याक्चर भएको पाइएको थियो । डाइट विज्ञ तथा अन्वेषक टमी टाङका अनुसार मासु खाने मानिसको तुलनामा शाकाहारी मानिसमा हिप फ्याक्चरको घटना २।३ गुणा बढी देखिएको थियो ।

एक हजार मानिसमध्ये २० जनामा यस प्रकारको समस्या देखिएको हो । अनुसन्धानका अनुसार शाकाहारीेहरूमा बडी मास इन्डेक्सको कमी आउनुका साथै क्याल्सियम र प्रोटिनका साथै भिटामिन डी, भिटामिन बी१२, आइरनको पनि कमी आउने हुन्छ । त्यसकारण सतर्क रहनु आवश्यक छ । भेगन डाइट अर्थात् शाकाहारी आहारमा मासु वा अण्डा मात्र खान निषेध गरिएको हुँदैन ।

निषेध गरिएको खानामा दूध, दही, घीउ, पनिरलगायतका दुग्ध उत्पादनहरू र मह पनि समावेश गरिएको हुन्छ । शाकाहारी आहारमा अन्न, तरकारी, फलफूल, ड्राई फलहरू जस्ता केवल बोटबिरुवाबाट फेला परेका उत्पादनको सेवन गरिन्छ । शरीरमा पोषक तत्वको कमी हुन नदिन प्रोटिन, क्याल्सियम उच्च भएको खाना खानुका साथै सप्लिमेन्टको समेत सेवन गर्नुपर्ने हुन्छ ।

– एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here