रुरु जलविद्युतको आइपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

काठमाडौं, ३ बैशाख । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यलयमा शुक्रबार बिहान ८:३० बजे आइपीओ बाँडफाँड भएको हो । आवेदन दिनेमध्ये भाग्मानी ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका छन् भने ७ जनाले थप १ कित्ता पाएका छन् । १५ लाख ५२ हजार ९८०जनाको भने हात रित्तो भएको छ ।

कम्पनीको आइपीओमा १६ लाख ६९ हजार ५६६ आवेदकबाट २ करोड ३३ लाख ७७ हजार २२० कित्ताको लागि आवेदन परेकोमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको छ ।

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा १६ लाख ८३ हजार १२१ जनाले आवेदन दिएका थिए । कुल आवेदनमध्ये रीत नपुगेका ८३ हजार ६९० आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । सदर भएका १५ लाख ९० हजार ८९६ जनालाई गोलाप्रथामा समावेश गरिएको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।

सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर बाँडफाँड गरि सकेको छ ।

कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

यसरी हेर्नुहोस् नतिजा

आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट पनि हेर्न पाइनेछ ।

भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्न बताइएको छ । यद्यपी रिजल्ट हेर्न मिल्ने गरी उपलब्ध गराइएका वेवसाइटहरु नतिजा अगाडि नै खुल्न समस्या देखिन थालिसकेकाले लगानीकर्ताले नतिजाका लागि भने सअज रुपमा हेर्न पाउने अवस्था देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here