साताको शेयर बजार: दिनदिनै नयाँ रेकर्ड बन्दा २३ अर्बको करोबार, ‘निफ्रा’ को कति ?

काठमाडौं, ३ बैशाख । धितोपत्र बजारमा यस साता तीन दिन मात्रै करोबार भयो । पहिलो र चौथौ दिन सार्वजनिक बिदा परेको थियो भने दोस्रो, तेस्रो र पाँचौं दिन भएको कारोबारमा नेप्से बढेको थियो ।

तीन दिनको कारोबारमा दिनदिनै नयाँ रेकर्ड बनेको साता २३ अर्ब ३९ करोड छ लाख ४७ हजार सात सय नौ रुपैयाँको करोबार भएको छ ।

यो कारोवार रकम गत साताको भन्दा कम हो । गत साता ३७ अर्ब ६० करोड ५० लाख तीन हजार सात सय दुई रुपैयाँको कारोबार भएको थियो ।

सोमबार नेप्से परिसूचक १७.२० अंकले बढेर २६९१.५५ अंकमा पुगेको थियो । मंगलबार नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

मंगलबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिनमा फेरि नयाँ कीर्तिमान बनायो ।

नेप्सले २७३५ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७३० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि मंगलबार नेप्से इतिहासकै सर्वाधिक २७१४ विन्दुको रेकर्ड बनाएको थियो ।

यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण पौने ३८ खर्ब पुगेको छ । यो हालसम्मकै सर्वाधिक हो भने देशको कुल जीडीपीभन्दा पनि बढी हो ।

यो साता नेप्सेमा यो साता दुई सय १८ वटा कम्पनीहरुको दुई लाख ५२ हजार सात सय ९० पटकको कारोवारमा चार करोड ७५ लाख ३३ हजार सात सय ४४ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

यो साता नबिल बैंक, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको बढी रकम शेयरकरोबार भएका छन भने शेयर कारोवार भएको संख्याको आधारमा पनि यीनै कम्पनीहरु अगाडि परेका छन् ।

बजार पूँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक आदि परेकाछन् ।

साताको कारोबार भएको पहिलो दिन सोमाबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको तेस्रो नम्बरमा परेको थियो । त्यसदिन निफ्राको २२ करोड ११ लाख ९७ हजार ५७० रुपैयाँ बराबरको ३ लाख ७७ हजार ७३२ कित्ता शेयर खरिद–बिक्री भएको थियो।

५८९ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर ५ रुपैयाँ घटेर ५८४ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

साताको कारोबार भएकोे दोस्रोदिन मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको चौंथो नम्बरमा परेको थियो ।

त्यसदिन निफ्राको २१ करोड १० लाख २६ हजार ५३ रुपैयाँ बराबरको ३ लाख ६१ हजार २५३ कित्ता शेयर खरिद–बिक्री भएको थियो । ५८४ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर १ रुपैयाँ घटेर ५८३ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

कारोबार भएको चौंथोदिन बिहिबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको दोस्रो नम्बरमा परेको थियो । त्यसदिन निफ्राको ४९ करोड ८७ लाख ३४ हजार २७३ रुपैयाँ बराबरको ८ लाख ३५ हजार ५७० कित्ता शेयर खरिद–बिक्री भएको थियो ।

५८५ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर १० रुपैयाँ बढेर ५९५ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

सम्बन्धित समाचार ।

नेप्सेले बनायो नयाँ रेकर्ड, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

नयाँ रेकर्ड बनाउँदै शेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ, ‘निफ्रा’ उत्कृष्ट पाँचभित्र

नयाँ वर्षको पहिलो कारोबारमा नेप्सेको रेकर्ड, लगानीकर्ताको रोजाइमा ‘निफ्रा’

वर्ष २०७७ : रेकर्ड नै रेकर्ड बनाएको शेयर बजारमा १५०० अंकको छलाङ

धितोपत्र बजारमा बैंक र बीमा कम्पनीको पुँंजीकरणको हिस्सा कति ?