अब सहजै हेर्न सकिन्छ रुरु जलविद्युत आइपीओको नतिजा, यसरी हेर्नुहोस्

काठमाडौं, ३ बैशाख । तीन बजेदेखि रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) को नतिजा, सहजै रुपमा हेर्न सकिने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यलयमा शुक्रबार बिहान ८: ३० बजे आइपीओ बाँडफाँड भएपनि दिउँसो तीनबजे पछि मात्र नतिजा हेर्न सकिने जानकारी बाँडफाँडको क्रममा दिइएको थियो । त्यस अनुरुप नै नजिता हेर्न सहज भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोडपछि हेर्न सकिने भएको बताएको थियो ।

शुक्रबार नेप्सेमा विदा भएपनि (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै ३ बजेपछि मात्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जनाइएको थियो ।

यसरी हेर्नुहोस् नतिजा

आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट पनि हेर्न पाइनेछ ।

रुरु जलविद्युतको आइपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

रुरु जलविद्युतको आइपीओ पर्‍यो कि परेन, नतिजा ३ बजेपछि मात्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here