काठमाडौं, ३ बैशाख । नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टी भएको हो।
यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २०८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ८१२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रिय संक्रमितको संख्या ५ हजार ८ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७० पुगेको छ ।