कोहलपुरमा बस र टिप्पर ठोकिँदा पाँच जनाको मृत्यु, ३७ जना घाइते

काठमाडौं, ३ चैत । बाँकेको कोहलपुरमा यात्रुबस र टिप्पर ठोकिँदा ५ जनाको मृत्यु भएको छ। अन्य ३७ जना घाइते भएका छन्।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र नन टेस्ट टिपर ठोकिदा दुर्घटना भएको हो ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here