एकवर्षमा हावाहुरी र चट्याङले लियो ७८ जनाको ज्यान, २६४ घाइते

सांकेतिक तस्वीर

काठमाडौं, ४ चैत । गत बैशाखयता हावाहुरी र चट्याङका घटनामा परी ७८ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०७७ वैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा देशको विभिन्न ठाँउमा हावाहुरी र चट्याङमा परी ७८ जनाको ज्यान गएको हो ।

जसमा हावाहुरीबाट ८ जना र चट्याङका घटनामा परी ७० जनाको ज्यान गएको छ ।

उक्त अवधिमा २४ वटा चट्याङमा परी ७० जनाको मृत्यु भएको छ । २४७ जना घाइते भएका छन् । ७१७ चौपायाको मृत्यु भएको थियो।

त्यस्तै, सोही अवधिमा हावाहुरीबाट ८ जनाको मृत्यु र १७ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here