कुशल र आसिफको उत्कृष्ट ब्याटिङले नेपालको शानदार जित

काठमाडौं ४ बैशाख । त्रिदेशीय कप टी-२० सिरिजमा नेपालले विजयी शुरूवात गरेको छ। ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङले नेपालले शानदार जित निकालेको हो ।

कुशल र आसिफको कीर्तिमानी अर्धशतक र साझदोरीको मदतमा नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले नटआउट ५४ रन जोडे। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। कुशल भुर्तेलले ४६ बलमा ६२ रन जोडे।

उनले समान ५-५ चौका र छक्का हिर्काए। कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रन जोडे। बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे।

त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिए।