आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक ७० करोड नोक्सान

काठमाडौं, ४ चैत । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप शनिवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य १ रुपैयाँ बढाएर पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय २१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

निगमले एल.पी. ग्याँसको मूल्य हाललाई यथावत नै कायम राखिएको जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपैयाँ घाटा भई १५ दिनमा ७० कारोड ६६ लाख घाटा रहेको छ ।

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

निगमले अप्रिल १ तारिखको मूल्यलाई आधार मानेर पछिल्लो पटक गत चैत २२ गते मूल्य समायोजन गरेको थियो । त्यतिबेला निगमले पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here