भारतमा एकैदिन २ लाख ६० हजार कोरोना संक्रमित थपिए, १५ सयको मृत्यु

काठमाडौं, ५ चैत । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

शुक्रबारभन्दा शनिबार संक्रमितको संख्या ११.५ प्रतिशतले बढेको छ। शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेटिएका थिए।

संक्रमितको संख्या बढेसँगै मृतकलाई संख्या पनि उकालो लागेको छ। शनिबार भारतभरि १ हजार ४ सय ९३ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४७ लाख ८२ हजार ४६१पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २८ लाख ३ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १ हजार ५०२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४९५ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here