शेयर बजारमा पहिरो जाँदा लगानीकर्ताको तेस्रो रोजाइमा ‘निफ्रा’, कति भयो कारोबार ?

काठमाडौं, ५ बैशाख । साताको पहिलोदिन शेयर बजारमा पहिरो गएको छ ।

गतसाता दैनिक नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो ।

सूचकमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा एभरेष्ट बैंकको शेयर परेकोे छ ।

त्यसदिन एभरेष्ट बैंकको ८७ करोड ६२ लाख ९९ हजार२६८ रुपैयाँ बराबरको १० लाख ८६ हजार ४९८ कित्ता शेयर खरिद–बिक्री भएको छ।

एनआइसी लघुवित्तको शेयर कारोबारको दोस्रो नम्बरमा परेको छ । त्यसदिन एनआइसीको ५५ करोड ३२ लाख २७ हजार १८० रुपैयाँ बराबरको २ लाख ८८ हजार ९७५ कित्ता शेयर खरिद–बिक्री भएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको तेस्रो नम्बरमा परेको छ । त्यसदिन निफ्राको २७ करोड ९८ लाख ५६ हजार ४३४ रुपैयाँ बराबरको ४ लाख ७६ हजार ९८१ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५८५ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर १० रुपैयाँ बढेर ५९५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here