एकैदिन १०९६ जनामा कोरोना संक्रमण पुष्टी, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं, ५ बैशाख । नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८४ जनाको पीसीआर परीक्षणबाट १ हजार १५ जना र ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ हो ।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८४ हजार ६७३ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २६२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७५ हजार ३०० जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या ६ हजार २९० जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ८ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here