बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै, यी कुरामा ख्याल गरौँ

फाइलफोटो

काठमाडौं, ६ बैशाख । देशभरका ५ वर्षसम्मका बालबालिकालाई सोमबार र मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधिका साथै बालभिटा खुवाइँदैछ।

भिडभाड धेरै नहोस् भनेर स्वास्थ्य सेवा विभागले देशभरका केन्द्रलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यही कार्यक्रमअन्तर्गत १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ। बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो। कोरोना भाइरसको जोखिम भएकोले कसैमा संक्रमण भएको छ भने अरुमा नफैलियोस् भनेर दूरी कायम गर्न आग्रह गरिएको छ ।

भिटामिन खुवाउने स्वास्थ्यकर्मीले अनिवार्य रुपमा सर्जिकल मास्क लगाउन, बेलाबेला साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग अनिर्वाय गरिएको छ ।

कुनै बालबालिकामा ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ कि भनेर ध्यान दिन पनि आग्रह गरिएको छ ।

नजिकैको स्वास्थ्य सस्थामा वा तोकिएको केन्द्रमा जाँदा अभिभावकले पनि दूरी कायम गर्नेदेखि लिएर सबै सावधानी अपनाउन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here