५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं ६ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । राष्ट्र बैंकले ९१ दिने २० करोडको र एक सय ८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

५ करोडको ट्रेजरी बिल आगामी साउन ५ गते र ५ अर्बको ट्रेजरी बिले ०७८ कात्तिक गते परिपक्व हुनेछ। बोलकबोल दिउँसो ३ बजे हुनेछ । राष्ट्र बैंकले यसअघि गएको चैत ३० गते झण्डै २० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here