काठमाडौं, ६ बैशाख । महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । सोमबार १ बजेसम्ममा महिलाको शेयर मूल्य ९.९४ प्रतिशत सर्किट लेभलमा पुगेको हो ।
कम्पनीको शेयर मूल्य १३२ रुपैयाँ बढेर १४६० रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।