काठमाडौं, ६ चैत । चन्द्रागिरि हिल्स कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ।
कम्पनीले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमास ९चैत १८ गते० सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी १८ करोड ११ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको घाटा २ करोड १८ लाख रुपैयाँ मात्र थियो।
कम्पनीले केबलकार संचालनबाट ९ महिनामा कुल १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। संचालन तथा प्रशासनिक खर्च बढी भएपछि कम्पनीको नोक्सानी बढेको हो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष ३२ करोड नोक्सानमा छ। त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ९ पैसा मात्रै छ।
वित्तीय विवरण सार्वजनिक भएसँगै केही दिनअघिसम्म मूल्य उचालिँदै गएको शेयरमा भारी गिरावट आएको हो । सोमबार २ बजेसम्म कम्पनीको मूल्य ८६८ प्रतिशतले घटेको छ।
यो समयसम्म २०९ रुपैयाँ प्रतिकित्ता मूल्य घटेर २२०० रुपैयाँ आसपासमा कारोबार भएको छ।





















